जाँचबुझ आयोगको प्रतिवेदन दराजमा थन्किदैन : अध्यक्ष कार्की

काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगका संयोजक गौरीबहादुर कार्कीले देश र जनता तथा जेनजी सहिदको लागि काम गरेको  बताएका छन् । आइतबार उनले प्रधानमन्त्री सुशीला कार्कीलाई आयोगको प्रतिवदेन बुझाएका छन् । 

सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै देशका लागि काम गरेकाले सन्तोष मान्नुपर्ने बताएका थिए । कारबाही गर्न कसैलाई पनि नबचाएको कार्कीको भनाइ छ ।

‘जो देखेको छ । त्यहीँ गर्या छ । हामीले केही काम नसकेकाले मात्र ढिला भएको हो,’ उनले भने,’ निर्वाचन नसकी रिपोर्ट सार्वजनिक गरेको भए इलेक्सनलाई पनि असर पर्ने भन्ने आएको छ ।‘

जाँचबुझ आयोगको प्रतिवेदन दराजमा नथन्किने उनले दाबी गरे । ‘आयोगको प्रतिवेदन सार्वजनिक गर्नुहोस र प्रतिवेदनलाई कार्यान्वयनमा लैजानुपर्छ भनेर सरकारलाई भनेर आएको छु,’  उनले अगाडि थपे ।  

Share News