रौतहट-३ मा रास्वपाका रवीन्द्र पटेल विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवीन्द्र पटेल विजयी भएका छन् ।  पटेलले २७ हजार ३१८ मत प्राप्त गरेको निर्वाचन अधिकृत अबधेशप्रसाद कुशवाहले जानकारी दिए । 

सो क्षेत्रमा जनता समाजबादी पार्टीका गोबिन्द चौधरीले ११ हजार ९५४ प्राप्त गरे ।

साथै नेकपा (एमाले)का कुन्दन कुशवाहले छ हजार ६०५, नेपाली कांग्रेसका रामकृपाल यादबले छ हजार ४२० मत प्राप्त गरे । 
यस क्षेत्रमा कूल एक लाख ८ हजार ६९९ मतमध्ये ७६ हजार ६६९ मत खसेको थियो । 

Share News