काठमाडौं । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार समानुपातिकतर्फ करिब ३३ लाख मतगणना सम्पन्न भएको छ । आयोगका अनुसार हालसम्म ३२ लाख ९३ हजार ९४५ मत गणना भइसकेको छ ।
गणनाको पछिल्लो तथ्यांकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई स्पष्ट अग्रस्थानमा देखाएको छ । रास्वपाले कुल गणनाको ५० प्रतिशत अर्थात् १७ लाख ४१ हजार १५३ मत प्राप्त गर्दै पहिलो स्थानमा आफ्नो पकड बलियो बनाएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ लाख ५५ हजार ९०० मत प्राप्त गरेको छ भने नेकपा एमाले ४ लाख ६४ हजार ३४१ मतसहित तेस्रो स्थानमा रहेको छ ।
यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले २ लाख २५ हजार ७८१ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ लाख १९ हजार ७६७ मत पाउँदै पाँचौं स्थानमा रहेको छ ।
अन्य दलमध्ये श्रम संस्कृति पार्टीले ६८ हजार ८४६ मत पाएको छ भने राष्ट्रिय परिवर्तन पार्टीले ४० हजार २४६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
समानुपातिकतर्फको मतगणना अझै जारी रहेको आयोगले जनाएको छ । आगामी मतपरिणामसँगै दलहरूको स्थानमा थप परिवर्तन आउन सक्ने सम्भावना रहेको छ ।