बर्दिया क्षेत्र नम्बर १ मा रास्वपाका ठाकुर सिंह थारु निर्वाचित

काठमाडौं । बर्दिया क्षेत्र नम्बर १ बाट रास्वपा उम्मेदवार ठाकुर सिंह थारु प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शालिकराम अधिकारीलाई ३४ हजार ९८८ मतअन्तरले हराए ।

निर्वाचन आयोगका अनुसार ठाकुरसिंहले ४९ हजार ६३१ मत पाएर निर्वाचित हुँदा एमाले उम्मेदवार अधिकारीले १४ हजार ६४३ मत पाएका छन् ।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सन्जय कुमार गौतमले १२ हजार ७२२ र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विष्णु प्रसाद चौधरीले ९ हजार २८५ मत पाएका छन् ।

Share News