काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगको टोलीले प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्माले २०० जना बढीसँग सोधपुछ गरेर ९०० पेजको प्रतिवेदन तयार भएको बताए ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा गल्ती गर्नेलाई अभियोग कारवाही सिफारिस भएको उनले बताए । ‘सुरक्षा कमजोरी देखिएको छ । नाम म भन्दिनँ । २०० बढीसँग सोधपुछसँगै विज्ञसँग राय सुझाव लिइएको हो,’ ती सदस्यले भने ।