उदयपुर–१ मा रास्वपाका पारशमणि गेलाल विजयी


उदयपुर । उदयपुर निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पारशमणि गेलाल विजयी भएका छन् । उनी ३० हजार ५९० मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका राजेशकुमार राईले ११ हजार ६ सय ६ मत ल्याएर दोस्रोमा सीमित भए । 

तेस्रोमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का बलदेव चौधरीले १० हजार २१ मत ल्याएका छन् । त्यस्तै  नेपाली कांग्रेसका विदुरबाबु बस्नेतले ९ हजार ६७५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका दुर्गाकुमार थापाले ९ हजार २०६  मत प्राप्त गरेका छन् ।
 

Share News