काठमाडौं । सप्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरकान्त चौधरी विजयी भएका छन् । उनी ३२ हजार ८७५ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव १५ हजार २३९ मत ल्याएर दोस्रो भए ।
नेपाली कांग्रेसका दिनेशकुमार गुप्ताले ८ हजार ४२४ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका ताराकान्त चौधरीले ६ हजार ७१५ मत प्राप्त गरेका छन् ।