ओखलढुंगामा रास्वपाका विश्वराज पोख्रल ५ मतले विजयी

काठमाडौं । ओखलढुंगामा रास्वपाका उम्मेदवार विश्वराज पोख्रेल विजयी भएका छन् । उनले १३ हजार ९५३ मत ल्याएर विजयी भएका हुन् । उनी ५ मतले विजयी भएका हुन् ।

कांग्रेस उम्मेदवार कुमार लुइँटेलले १३ हजार ९४८ मतप पाएका छन् । तेस्रोमा रहेका नेपाली कम्युनिष्ट पार्टीका अम्विरबाबु गुरुङले ११ हजार २९६ मत ल्याएका छन् भने एमाले उम्मेदवार अस्मिता थापाले १० हजार ७२० मत प्राप्त गरेकी छिन् ।

Share News