काठमाडौं । सोलुखुम्बुमा नेपाली कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित भएका छन्। १३ हजार १६६ मत प्राप्त गर्दै उनी निर्वाचित बनेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी नेकपाका असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन् ।
यस्तै, नेकपा एमालेकी कल्पना राईले ८ हजार २२८ मत प्राप्त गरेकी छिन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका ऋषिधन थुलुङ राईले ३ हजार ६४२ मत प्राप्त गरेका छन् ।