काठमाडौं । श्रम संस्कृति पार्टीले जितको खाता खोलेको छ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत खोटाङ क्षेत्र नम्बर १ मा जित हात पादै जितको खाता खोलेको हो ।
सार्वजनिक नतिजा अनुसार श्रम संस्कृति पार्टी आरेन राई विजयी भएका छन्। राईले १६,६१२ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई फराकिलो अन्तरले पछाडि पारेका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देव विक्रम राईले १२,७१४ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार वीर काजी राईले ११,९५७ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन् ।
खोटाङ हर्कको गृह जिल्ला हो ।