बालेनले भनेः नारी जननी, अभिभावक अनि साथी

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले शाहले समुन्नत समाज निर्माणको जग नारीको सम्मान, समानता र सशक्तीकरणमा उभिने बताएका बताएका छन् । उनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना दिएका हुन् ।

’नारी जननी, अभिभावक अनि साथी,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,’ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नारीहरूको अधिकार, आत्मसम्मान र उज्ज्वल भविष्यको कामना गर्दछु।

उनले सामाजिक सञ्जालमा तीन महिलाको फोटो राख्दै अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना दिएका हुन् । प्रधानमन्त्री सुशीला कार्की, श्रीमती सबिना काफ्ले र अर्की महिलाको फोटोसमेत राखेका छन् ।

शाह झापा ५ बाट प्रतिनिधि सभाको निर्वाचनमा ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका छन् । उनले एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् ।

 

Share News