विक्रम खनाल विजयी, विनोद चौधरी संसदीय यात्रामा रोकिए

काठमाडौं । नवलपरासी पश्चिममा रास्वपा उम्मेदवार विक्रम खनाल विजयी भएका छन्। उनी नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरीलाई ठूलो मतान्तरले पछि पार्दै विजयी भएका हुन्। 

खनालले ४५ हजार २ सय ४१ मत प्राप्त गरे। चौधरीले ९ हजार ५ सय २ मत मात्र प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९ सय ५६ मत प्राप्त गरे। जनता समाजवादी पार्टीका हृदयेश त्रिपाठीले ७ हजार ८ सय ३२ मत पाए।
 

Share News