काठमाडौं । सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी भएका छन् । ३५ हजार ६८८ मत ल्याउँदै सिंह प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत ल्याए । यो जितसँगै अमरेशसिंहले ह्याट्रिक पूरा गरे भने यसपटक मधेश झरेर चुनाव लडेका गगनको संसदीय यात्रामा ब्रेक लागेको छ । गगन २०६४ सालदेखि संसदीय यात्रामा थिए ।
पहिलोपटक समानुपातिक प्रणालीबाट सांसद बनेका उनी पछिल्लो ३ पटक काठमाडौं-४ बाट निर्वाचित भएका थिए ।