काठमाडौं । बारा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चन्दन कुमार सिंह निर्वाचित भएका छन् ।
जनता समाजवादी पार्टी नेपालका रामकिशोर प्रसाद यादवलाई २० हजारभन्दा बढी मतले पछि पार्दै प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । चन्दनले ३५ हजार ५९० र यादवले १४ हजार १९८ मत पाएका छन् ।
नेपाली कांग्रेसका भैयाराम प्रसाद यादवले ११ हजार ८३७, नेकपा एमालेका बलविर प्रसाद चौधरीले ७ हजार २१३ र प्रगतीशिल लोकतान्त्रिक पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा १ हजार ३९६ मत प्राप्त गरे ।