४२ हजार ६०२ मतसहित दाङ-१ मा रास्वपाका पाठक निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठक ४२ हजार ६०२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेन्द्र चौधरीले १५ हजार २८० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा (एमाले) का उम्मेदवार रेवतीरमण शर्माले ६ हजार ८२५ मत तथा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मेटमणि चौधरीले ४ हजार ९६५ मत प्राप्त गरे ।

कुल मतदाता एक लाख ४० हजार एक रहेकामा ८० हजार ९२० मत खसेको थियो । 

Share News