बिना मगरलाई पछि पार्दै कञ्चनपुर-१ मा रास्वपाका धामी निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जनकसिंह धामी २४ हजार ३३२ मतसहित निर्वाचित भएका छन् । 

निर्वाचन अधिकृत दामोदर घिमिरेका अनुसार धामीले १३ हजार २२२ मतले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बिना मगरलाई पछि पार्दै विजयी भएका हुन् । उनले ११ हजार ११० मत प्राप्त गरे । 

यस्तै नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्यायले ८ हजार ४६७ मत प्राप्त गरे । यस्तै, नेकपा (एमाले) का तारालामा तामाङले ८ हजार ८८ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिल्लीबहादुर शाहीले १ हजार ५६० मत प्राप्त गरे। यो क्षेत्रमा कुल १ लाख १ हजार ७२४ मतदाता रहेकामा ६१ हजार ७४ मत खसेको थियो । 

Share News