काठमाडौं । सुनसरी-३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोककुमार चौधरीले विजयी भएका छन् । चौधरीले ४७ हजार ४२१ मत प्राप्त गरेर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी गच्छदारले २० हजार ५०१ मत पाए । यस्तै, नेकपा एमालेकी भगवती चौधरीले १५ हजार ८३ मत प्राप्त गरिन् ।