काठमाडौं । गत बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतगणना सम्पन्न हुँदा महोत्तरी क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका दीपककुमार साह निर्वाचित भएका छन् ।
रास्वपाका साह ३२ हजार ७३२ मत प्राप्त गरी निर्वाचित भएको मुख्य निर्वाचन अधिकारी माधवप्रसाद अधिकारीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका शरतसिंह भण्डारीले १० हजार १९८ र नेपाली कांग्रेसका किरण यादवले ९ हजार ७४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सो क्षेत्रमा विभिन्न दलका र स्वतन्त्र समेत गरी ३७ उम्मेदवार चुनावी मैदानमा थिए ।