पूर्वउपसभामुखसँग पूर्वसभामुख घिमिरे पराजित, कसले कति मत ल्याए ?

काठमाडौं । पूर्वउपसभामुखले पूर्वसभामुखलाई पराजित गरेकी छिन् । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा पूर्वसभामुख तथा नेकपा (एमाले)का उम्मेदवार देवराज घिमिरेलाई पराजित गर्दै पूर्वउपसभामुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार इन्दिरा राना मगर विजयी भएकी हुन् । 

निर्वाचन परिणामअनुसार मगरले ५२ हजार ३०६ मत प्राप्त गरी विजय हासिल गरिन् भने घिमिरेले ९ हजार ८०५ मत प्राप्त गरे ।

यसैगरी श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले ६ हजार ३४७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी सरिता प्रसाईले ४ हजार ९७६ मत प्राप्त गरिन् ।

Share News