सिराहा-४ बाट रास्वपाका तपेश्वर यादव निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा सिराहा(४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तपेश्वर यादव निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, रास्वपाका यादवले ३६ हजार २१० मत प्राप्त गरेका छन्। 

उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अजयशंकर नायकले ७ हजार ९७२ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका जनमत पार्टीका विरेन्द्रप्रसाद महतोले ५ हजार ४१ मत पाएका छन्।

 त्यस्तै, नेकपा (एमाले) का धर्मनाथप्रसाद साहले ४ हजार २२७, नेपाली कांग्रेसकी चन्द्रकला यादवले ४ हजार ६१ र जसपा नेपालका राजकिशोर यादवले ३ हजार ४८४ मत पाएका छन्। 

Share News