४५ हजार ६८० मत ल्याएर झापा १ मा रास्वपाकी निशा डाँगी विजयी

काठमाडौं । झापा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगी निर्वाचित भएकी छिन् ।

निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार रास्वपाका उम्मेदवार डाँगीले ४५ हजार ६८० मत प्राप्त गरी निर्वाचित भएकी हुन् । 

उनका अनुसार निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका उम्मेदवार केवलराम राईले १० हजार चार, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ८३ हजार ८२२ मत खसेको थियो भने ७ हजार ७७ मत बदर भएको उनले बताए ।

Share News