काठमाडौं । ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे निर्वाचित भएका छन् । थेवेले १३ हजार ९६२ मत पाउँदै विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गजेन्द्र प्रसाद तम्वाहाङ लिम्बुले ११ हजार ७११ मत पाए । यस्तै नेकपाका खेल प्रसाद बुढाक्षेत्रीले ६ हजार ७७५ मत पाए भने रास्वपाका वीरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत पाए ।
ताप्लेजुङमा जम्मा ४५ हजार ५८३ मत खसेको थियो । अघिल्लो निर्वाचनमा यस क्षेत्रमा एमालेकै योगेश भट्टराई विजयी भएका थिए ।