५० हजार ९४५ मतसहित नवलपुर-१ मा रास्वपाका गौतम निर्वाचित

काठमाडौं । नवलपरासी (बर्दघाट(सुस्तापूर्व) निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजन गौतम निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनी ५० हजार ९४५ मतसहित निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २९३ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का भागिरथ सापकोटाले ९ हजार १३१ र श्रम संस्कृति पार्टीका भीमचन्द्र गुरुङले १ हजार ७०२ मत प्राप्त गरे । 

यस्तै, नवलपरासी (बर्दघाट(सुस्तापूर्व) निर्वाचन क्षेत्र नं २ मा पनि रास्वपाका उम्मेदवार मनिष खनाल निर्वाचित भएका छन् । रास्वपाका उम्मेदवार खनाल ४१ हजार ३४७ मतसहित निर्वाचित भएका हुन । नेकपा एमालेका तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरेका छन् । यसैगरी, नेपाली कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गरेका छन् ।

Share News