हुम्लामा कांग्रेसका जयपति रोकाया अग्रस्थानमा

काठमाडौं ।  हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ । यहाँ नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया ५७५ मतान्तरसहित अग्रस्थानमा छन् । हालसम्म छ वटा मतदान केन्द्रको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताए।

उनका अनुसार रोकायाले छ हजार ८५५ मत ल्याउनुभएको छ भने नेपाली कम्यनिष्ट पार्टी (नेकपा) का उम्मेदवार डा. दिपेन्द्र रोकायाले छ हजार २८० प्राप्त गरेको छ । सिमकोटका पाँच वटा र नाम्खा गाउँपालिकाका १२ वटा मतदान केन्द्रको मतगणना गर्न बाँकी छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार दलबहादुर फडेराले तीन हजार ५८५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की टाँसी लाजोमले १७५, राप्रपाका छक्क बुढाले १११ मत ल्याएका छन् । 

हालसम्म ३०८ मत बदर भएको छ । हुम्लामा ३४ हजार ३७२ मतदाता रहेकामा २२ हजार ४६७ मत खसेको थियो ।
 

Share News