दाङ-३ मा रास्वपाका सुवेदी कमल विजयी

 

काठमाडौं ।  दाङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नंं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी ४४हजार २४८ मतसहित विजयी भएका छन् । 

निर्वाचन अधिकृत चन्द्रबहादुर सिञ्जालीका अनुसार उनी नेपाली कांग्रेसका दीपक गिरीलाई  २७ हजार ७९५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । यहाँ कांग्रेस उम्मेदवार गिरीले १६ हजार ४५३ मत प्राप्त गरेका छन् । 

यस्तै, नेकपा (एमाले) का घनश्याम पाण्डेले १२ हजार १९५, नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले नौ हजार ३२८ मत प्राप्त गरेका छन् । 

यस क्षेत्रमा एक लाख ५० हजार ७२० मतदाता रहेकामा ८९ हजार ५२७ मत खसेका थिए । 
 

Share News