काठमाडौं । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहसँग पराजित भएपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई दिएका छन् ।
ओलीले बालेन शाहलाई मादल उपहार दिएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै उनको कार्यकाल सफल रहोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, 'बालेन बाबु, विजयका लागि तपाईंलाई बधाई । तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न र सफल रहोस्। हार्दिक शुभकामना ।'