काठमाडौं । रौतहट प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेल विजयी भएका छन् । निर्वाचन अधिकृत उद्धव ढोडारीका अनुसार अन्तिम मतपरिणामअनुसार पौडेलले ३६ हजार ८७६ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवप्रसाद तिमल्सेनाले १५ हजार ८६५ मत प्राप्त गरे ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टीका रामकुमार भट्टराईले ९ हजार ७७८, नेकपा एमालेका रामजी साहले ३ हजार ४७८ र जनता समाजवादी पार्टी नेपालका राजकुमार दासले १ हजार ६२ मत प्राप्त गरे । यस क्षेत्रमा एक लाख १० हजार ३१४ मतदाता रहेकामा ७३ हजार ३९७ मत खसेका थिए ।