काठमाडौं । तनहुँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रीराम न्यौपाने विजयी भएका छन् ।
आज साँझ सम्पन्न मतगणना अनुसार ३२ हजार ६८७ मत प्राप्त गरी न्यौपाने निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृत भेषराज पौडेलका अनुसार प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका शङ्कर भण्डारीले १४ हजार १३४ प्राप्त गरे । यस्तै, नेकपा (एमाले) का केदार सिग्देलले ११ हजार ६६८ र नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापाले १ हजार ९५३ मत प्राप्त गरे ।
यस क्षेत्रमा कुल १ लाख २७ हजार ५१५ मतदाता रहेकामा ६३ हजार १८६ मत खसेका थिए । यहाँ क्षेत्र नं १ बाट रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले निर्वाचित भइसकेका छन् ।