जुम्लामा ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनीताले ल्याइन् ४२१ मत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही १४ हजार ८१६ मतसहित विजयी भएका छन् । 

मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार शाही नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीसँग ३ हजार १८१ मतान्तरसहित निर्वाचित भएका हुन् । 

यहाँ भण्डारीले ११ हजार ६३५ मत प्राप्त गर्दा नेकपा (एमाले) का शान्तिलाल महतले ४ हजार ५१८, नेपाली कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत तिमिल्सिनाले बताए ।

यहाँ रास्वपाकी विनीता कठायतले ४२१, प्रलोपाका मनऋषि धितालले ११२, नेमकिपाका बृषबहादुर रावतले ४०० प्राप्त गरे । जिल्लामा विभिन्न पार्टीका नौ र एक स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा थिए । 

Share News