काठमाडौं । प्रतिनिधिसभा निर्वाचनतर्फ नवलपरासी (बर्दघाट-सुस्तापूर्व) निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष खनाल निर्वाचित भएका छन् ।
रास्वपाका उम्मेदवार खनाल ४१ हजार ३४७ मतसहित निर्वाचित भएका हुन । नेकपा (एमाले) का तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरेका छन् ।
यसैगरी, नेपाली कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गरेका छन् ।