सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी, २ हजार ३९३ मत बदर

काठमाडौं । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णु बहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी भएका छन् । 

निर्वाचन अधिकृत कैलाश प्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का ध्रुवकुमार शाहीलाई ८ हजार ७ मतान्तरले उनी निर्वाचित भएका हुन् । 

यहाँ शाहीले १८ हजार ८९०, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंहले १४ हजार ७२९ र नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले २ हजार ८२८ मत प्राप्त गरे । 

यस निर्वाचन क्षेत्रमा १३ दलका उम्मेदवार प्रतिस्पर्धामा थिए । १ लाख २२ हजार ९०२ मतदाता रहेको यस क्षेत्रमा ७० हजार १६७ मत खसेको थियो । यहाँ २ हजार ३९३ मत बदर भएका छन् ।

Share News