झापा-५ मा ऐतिहासिक जित निकालेपछि बालेनले मतदातालाई भने, ‘तपाईंहरूलाई धेरै धेरै धन्यवाद’

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) विजयी भएपछि मतदातालाई धन्यवाद दिएका छन् । अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै उनले आफ्ना समर्थक र मतदातामाझ पुगेर आभार व्यक्त गरेका हुन् ।

केहीबेरअघि सार्वजनिक भएको अन्तिम परिणामअनुसार बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् । उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन्।

एमाले अध्यक्ष ओलीले भने १८ हजार ७३४ मत प्राप्त गरेका छन्। दुवैबीच ४९ हजार ६१४ मतको फराकिलो अन्तर रहेको छ ।

निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपछि बालेन समर्थकहरूमाझ पुगेका थिए । त्यहाँ उनले एउटा ब्यानर देखाउँदै मतदातालाई धन्यवाद व्यक्त गरे, जहाँ लेखिएको थियो - “तपाईंहरूलाई धेरै धेरै धन्यवाद।”

Share News