सर्लाही-१ मा रास्वपाकी नीतिमा कार्की ३६ हजार ३१० मतान्तरसहित निर्वाचित

काठमाडौं । सर्लाही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नीतिमा भण्डारी कार्की निर्वाचित भएकी छिन् ।

निर्वाचन अधिकृत टीकाबहादुर थापाका अनुसार भण्डारी ३६ हजार ३१० मतान्तर अर्थात् ४४ हजार १८१ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८७१ प्राप्त गरेका छन् । 

यहाँ नेकपा (एमाले) का मनोजकुमार देवकोटाले ६ हजार १०१, नेपाली कम्युनिष्ट पार्टीका प्रमोद साहले ५ हजार ४९८ र जनता समाजवादी पार्टी (जसपा) नेपालका रामप्रकाश चौधरीले ३ हजार ९९१ मत प्राप्त गरेका छन् । यहाँ ७९ हजार २०७ मत खसेको थियो ।

Share News