काठमाडौं । दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार पोखरेल १३ हजार ८८९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकहरि कँडेलले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बखत शाहीले ६ हजार ७९७, नेपाल कम्युनिष्ट पार्टीका योगेन्द्र शाहीले ३ हजार ८५१, नेपाल मजदुर किसान पार्टीका बखत थापाले १ हजार ५१२ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी बबिता शाहीले ३३७ मत प्राप्त गरेका छन् ।
नेकपा (माओवादी) का कमल सिंहले ३३७ र राष्ट्रिय जनमोर्चाका कमल बरै मगरले १०१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।