काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छिन् । कार्कीले ४३ हजार ९६ मत प्राप्त गरेकी छिन् । कार्कीले उनको प्रतिस्पर्धी उम्मेदवार भन्दा पाँच गुणा बढी मत ल्याएकी छिन् । यसअघि २०७९ को निर्वाचनमा पनि कार्की विजयी भएकी थिइन् ।
कार्कीको प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरेका छन् । साथै तेस्रोमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सन्दन थापा मगरले ६ हजार २२ मत प्राप्त गरेका छन् ।