रुपन्देही- ५ मा तौफिक अहमद खान विजयी

फाइल तस्बिर ।

काठमाडौं । रुपन्देही- ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तौफिक अहमद खान विजयी भएका छन् । उनी ३८ हजार ८०६ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।

नेकपा एमालेका खिमलाल भट्टराईले १३ हजार १००, नेपाली कांग्रेसका भरतकुमार शाहले १२ हजार ६२४ र नेपाल कम्युनिष्ट पार्टीका मुहम्मद वकील मुसलमानले ६ हजार १७६ मत प्राप्त गरे ।

विजयी भएका खानले भारतको बेङ्लोरबाट एमबीए गरेका छन् । उनले लुम्बिनीका युवाहरूमाझ रामो पहिचान बनाएका छन् । 

दिल्ली विश्वविद्यालयबाट अर्थशास्त्रमा ग्र्याजुएसन गरेका खान कार्बन क्रेडिट र डेटा माइनिङका बारेमा जानकारसमेत छन् । 
 

Share News