बैतडी । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारीले आफ्नो अग्रता कायमै राखेका छन् ।
ताजा मतपरिणामअनुसार रास्वपाका भण्डारीले ९ हजार ५३६ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका दामोदर भण्डारीले ९ हजार ४०३ मत ल्याएका छन् ।
दुईबीचको मतान्तर १३३ रहेको छ ।
त्यस्तै, नेपाली कांग्रेसका चतुरबहादुर चन्दका ७ हजार ८२३, राप्रपाका भुपेन चन्दले ६ हजार १६६ मत र नेकपाका प्रमानन्द भट्टले ३ हजार ९०० मत प्राप्त गरेका छन् ।
अहिलेसम्म कुल ३४ हजार १०७ मत गणना भइसकेको छ ।