काठमाडौं । मोरङको क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशा झा विजयी भएकी छिन् । उनले ३० हजार ४३४ मत ल्याएर विजयी बनेकी हुन् ।
नेपाली कांग्रेसका फुलकुमार लालवानी ९ हजार ४१५ मतसहित दोस्रो भए । त्यस्तै, तेस्रो स्थानमा जनता समाजवादी पार्टी नेपालका राजकुमार यादवले ८ हजार ७४७ मत प्राप्त गरे ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका शिव कुमार मण्डल (केवट)ले ८ हजार ६१४ मत ल्याएका छन् भने नेकपा एमालेका मनोज कुमार अग्रवालले ६ हजार ९४५ मत ल्याएका छन् ।