काठमाडौं । एक मात्र क्षेत्र रहेको लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धर्मराज केसी विजयी भएका छन् । उनले ३३ हजार ८९८ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले १६ हजार ८७६ मत ल्याएर दोस्रो भए ।
नेपाली कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ ल्याएका छन् ।