काठमाडौं । हिमालयन एयरलायन्सले आज (शनिबार) र भोलि (आइतबार)को लागि तय गरेको काठमाडौं–दुबई र दुबई–काठमाडौँं उडान अस्थायी रूपमा रद्द गरेको छ ।
एयरसलाइन्सले एक सूचना जारी गर्दै दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा जारी परिस्थितिका कारण उडान अ रद्द गरिएको जानकारी दिएको छ ।
एयरलाइन्सले यात्रुहरूलाई थप जानकारीका लागि एयरलाइन्सको आधिकारिक सामाजिक सञ्जाल तथा वेबसाइट नियमित रूपमा हेर्न अनुरोध समेत गरेको छ ।