चितवन । चितवन-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम अत्यधिक मतसहित विजयी भएकी छन् । गौतम ५९ हजार २ सय ७७ मत ल्याएर विजयी भएकी हुन् ।
उनी ३८ हजार ६६२ मतान्तरले विजयी भएकी हुन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाललाई पराजित गरेकी हुन् । रेनुले २० हजार ६ सय १५ मत ल्याएर दोस्रो भइन् ।
यसअघि काठमाडौं-२ बाट जितेकी गौतम अहिले चितवन-३ बाट विजयी भएका हुन् । २०५२ सालमा दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी गौतमले कानुनमा स्नातक गरेकी छन् ।
अधिवक्ता गौतमसँग टेलिभिजन कार्यक्रम निर्माता, प्रस्तोता भएर काम गरेको अनुभव छ ।