काठमाडौं । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशिष गजुरेल विजयी भएका छन् ।
गजुरेलले १७ हजार ९४० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लेखनाथ दाहालले १४ हजार ७८० मत ल्याए ।
यसैगरी, नेकपा एमालेका मनोजजंग थापाले ११ हजार ६०६ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी सुशीला थिङले ६ हजार ७६० मत पाएकी छन् ।