हुम्ला । हुम्ला–१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकापा) का डाक्टर दीपेन्द्र रोकाया निरन्तर अग्रस्थामै छन् । पछिल्लो मत परिणामअनुसार नेकापाका रोकायाले ५ हजार १७१ मत ल्याएका छन् ।
उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जयपति रोकायाले ३ हजार ९५८ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका दल फडेराले ३ हजार ११ मत ल्याएका छन् भने रास्वपाका टासीले १३८ मत मात्रै पाएकी छिन् ।