पर्सा-२ मा रास्वपाका सुशीलकुमार कानु विजयी

वीरगञ्ज । पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशीलकुमार कानु विजयी भएका छन् । निर्वाचन अधिकृत मधुसुदन आचार्यले रास्वपाका उम्मेदवार कानु ३० हजार ७४० मतसहित विजयी भएको घोषणा गरे ।

सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले ११ हजार आठ सय ९० मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का उम्मेदवार रिमाकुमारी यादवले ११ हजार ६०५ मत ल्याउएका छन् । त्यस्तै जनता समाजवादी पार्टीका अशोककुमार अग्रवालले दुई हजार ६४२ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिना जैसवालले एक हजार नौ सय ९९ मत ल्याएका छन् ।

यस क्षेत्रमा ३१ जना उम्मेदवारले प्रतिस्पर्धामा रेहेका थिए । स्वतन्त्रतर्फ १४ जना र दलीय उम्मेदवारतर्फ १७ जना रहेका छन् । पर्सा क्षेत्र नम्बर २ मा कुल मतदाता संख्या ९५ हजार एक सय २० जनामध्ये प्रत्यक्षतर्फ ६५ हजार आठ सय ७८ मत खसेको छ । सोमध्ये  चार हजार पाँच सय ६८ मत बदर भएको छ भने सदर मत भने ६१ हजार तीन सय १० रहेको छ । 

Share News