झापा ५ मा ३८ हजार ५१७ मत गणना गर्न बाँकी

काठमाडौं । झापा ५ मा ३८ हजार ५१७ मत गणना गर्न बाँकी रहेको छ । फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा झापा ५ मा १ लाख ६ हजार ३७२ मत खसेको थियो ।

बालेन्द्र शाहले भारी मतले अग्रता कायम गरेका छन् । उनले ४२ हजार ५४३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केपी शर्माले ११ हजार ४२७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, श्रम संस्कृतिका समीर तामाङले ७ हजार १०७ मत पाएका छन् । नेपाली कांग्रेसकी मन्थरा चिमाेरियाले १ हजार २०२, नेकपाका रन्जित तामाङले ९९६ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौला ९११ मत ल्याएका छन् ।

Share News