डोटीबाट कांग्रेसका भरतबहादुर खड्का विजयी

काठमाडौं । सुदूरपश्चिमको डोटी निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी भएका छन् ।

उनी निकटतम प्रतिद्वन्द्वी, नेकपा एमालेका दीपकबहादुर धामी, लाई ७८७ मतको झिनो मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार खड्काले कुल १४,८९७ मत प्राप्त गरेका छन् भने धामीले १४,११० मत पाएका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्रबहादुर खड्काले १३,२६० मत प्राप्त गरेका छन् ।   

Share News