रुपन्देही–२ : रास्वपाका सुलभ खरेल भारी मतान्तरले विजयी

काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल विजयी भएका छन्। निर्वाचन आयोगले खरेल विजयी भएको पुष्टि गरेको छ ।

खरेलले निकटतम प्रतिस्पर्धी, नेकपा एमालेका विष्णु पौडेल, लाई ४३,६८९ मतान्तरले पराजित गरेका छन् । उनले कुल ५६,५५० मत प्राप्त गरेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

त्यस्तै, पौडेलले १२,८६१ मत मात्र पाएका छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेल रहे, जसले ९,३९२ मत प्राप्त गरे, भने नेकपा (एकीकृत) का सुभाष पाण्डेले १,४०९ मत पाएका छन् ।  

Share News