एमाले नेतृत्वको राजीनामाबारे चौतर्फी आवाज उठिरहेको छ, छ्टि्टै निर्णय लिन्छौं : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशभर पार्टीले बेहोरेको पराजयसँगै पार्टीको नेतृत्वबारे अब छिट्टै फरक किसिमको निर्णय लिने बताएका छन् ।

रुपन्देही–२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका पौडेलले यसपटकको चुनावमा एमाले उम्मेदवारहरुको पराजय उनीहरुको व्यक्तिगत कारण नभई पार्टीको नीति र नेतृत्वबारे भएको बताउँदै अब यसबारे छुट्टै निर्णय लिने बताएका हुन् । 

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलसँग ४० हजार बढी मतान्तरले पराजित भएपछि यस्तो बताएका हुन् । 

निर्वाचनमा जित हार स्वभाविक प्रक्रिया भएको उल्लेख गर्दै देशभरका उम्मेदवार, नेता कार्यकर्तालाई विचलित नहुने आग्रह गरे ।

पौडेलले निर्वाचनमा पार्टीले बेहोरेको हारमा आफूसहित शीर्ष पदाधिकारीले नैतिक जिम्मेवारी लिनुपर्ने बताए । उनले पार्टी नेतृत्वले नेतृत्वले राजीनामा दिनुपर्ने आवाज चौतर्फीरूपमा उठेको बताउँदै अब यस बारे निर्णय हुने बताएका हुन् । 

Share News