काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा बझाङबाट आफ्नो जितको खाता खोलेको छ । बझाङ निर्वाचन क्षेत्रबाट एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
महरले १८ हजार ५४३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३०४ मत प्राप्त गरेका छन् ।
यसैगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले ९ हजार ७५७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेसकुमार सिंहले ९ हजार २६३ मत पाएका छन् ।
त्यस्तै नेकपा माओवादी (विप्लव) का भरत मल्लले ५०४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्वप्रकाश जेठाराले ४०५ मत तथा नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले ४१ मत प्राप्त गरेका छन् ।