काठमाडौं-२ मा रास्वपाका सुनील केसीको जित

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. २ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुनील केसी प्रभावशाली मतसहित विजयी भएका छन्।

निर्वाचन आयोग नेपालका अनुसार केसीले ३४ हजार २३८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का उम्मेदवार कविर शर्मा ले ८ हजार ८७४ मत प्राप्त गरे।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी की उम्मेदवार कुन्तीदेवी पोखरेलले ५ हजार २१० मत प्राप्त गरेकी छन्।
यसअघि सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी कै सोविता गौतम निर्वाचित भएकी थिइन् ।

 
यसपटक पनि उक्त क्षेत्रमा रास्वपाले आफ्नो पकड कायम राख्दै विजय दोहोर्याएको छ।

Share News